
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं -७ असार ।
हाल कोशी,मधेश, बागमती र गण्डकी प्रदेशका केही भू(भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू(भागमा मनसुनी वायुको प्रभाव अत्याधिक छ।
यस्तै देशको पश्चिम भू(भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव पनि रहेको छ । हाल नेपालमा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी गराए अनुसार अहिले विहानसम्म देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुइ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।
यसैगरी आज सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने शनिबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू(भागको केही स्थानहरुमा तथा बाँकी भू(भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तर कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। उच्च(पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका तराइका भू(भागहरुका थोरै स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ।
साथै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। पहाडी भू(भागको केही स्थानमा तथा बाँकी भू(भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।








प्रतिक्रिया दिनुहोस