आज:  | Sat, 21, Jun, 2025

बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन चलाउन रोक

७ असार २०८२, शनिबार ११:१७ मा प्रकाशित ( ३ घण्टा अघि) ९०० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं ७ असार ।

बीपी राजमार्गमा १५ दिनसम्म रातिको समयमा सवारीसाधन चलाउन रोक लगाएको छ ।

पछिल्लो समयमा आएको अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढ्दै गएपछी काभ्रेको काभ्रेभन्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्म आज साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाउन लागिएको हो । शुक्रबार काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले रातिको समयमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको थियो ।

त्यस्तै सुरक्षा समेन्त्रमा बसेको बैठकले राजमार्ग अबरुद्ध हुँदा यात्रुहरू अलपत्र पर्ने समस्या, उद्धारमा देखिने कठिनाइ र सडक सुचारु गर्न देखिने चुनौतीबारे ३ वटै जिल्लाका सुरक्षा निकाय तथा सडक डिभिजन कार्यालयका प्रतिनिधिहरूबीच छलफल भएको थियो । संबन्धित निकायहरूले यात्रुहरूलाई समयमै जानकारी गराइने व्यवस्था मिलाउने, आवश्यक परेमा वैकल्पिक मार्गको व्यवस्था तथा आपतकालीन उद्धार टोली तयारी अवस्थामा राखिने बैठकको निर्णय छ ।

यसै वर्षको बाढीपहिरोका कारण उक्त बीपी राजमार्ग अवरुद्ध हुँदै आएको छ । गत असोजमा गएको बाढीपहिरोले बीपी राजमार्गको रोशी खोला खण्डमा ठूलो क्षति भएको थियो । साथ साथै काठमाडौं उपात्यकाबाट बाहिरिने लामा तथा मध्यम दुरीका सवारी साधनले १२ स्थानबाट बाढी–पहिरो र सडकको अवस्थाबारे सुचना लिने व्यवस्था गरिएको छ ।

सुचना लिनको लागी नयाँ बसपार्क, कलंकी, नागढुङ्गा, बल्खु, फर्पिङ, कोटेश्वर, भक्तपुर, चापागाउँ, साँखु, टोखा, तिनपिप्ले र भिमढुंगा गरी १२ स्थानमा स्थापना गरिएका नागरिक सहायता कक्षबाट मनसुन जन्य प्राकृतिक प्रकोप (बाढी–पहिरो)का साथै सडकको अवस्था बारे जानकारी दिइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यस कार्यले निरनतरता पाउन सक्े विगतमा जस्तो आधा बाटो गईसकेपछी विभिन्न सवारी साधन र यात्रुहरुले सास्ति पाउने छैनन् भन्ने विस्वास लागेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस