
नारी बाटिका
नारी वाटिका संवाददाता
चितवन-७ असार ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २४ जना यात्रुहरु घाइते भएका छन् ।
चितवन प्रहरीका अनुसार धनगढीबाट काँकडभिट्टा तर्फ आउँदै गरेको प्रदेश१.०१(००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढ तर्फ गई रहेको बागमती प्रदेश ०३(००१ज २९९ नम्बरको ईभी गाडी एकआपसमा ठक्कर खाँदा दुर्घना भएको हो।
दुर्घनामा परी ज्यान गुमाउने हरुमा मकवानपुर हटिया ३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, मकवानपुर हेटौंडा ५ का ५३ वर्षिया मैंयाकुमारी न्यौपाने छन्। यस्तै अन्य मृतकहरूको विवरण खुल्न बाँकी रहेको बताईएको छ ।
घाइते भएका २४ जनाहरूलाई उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ । दुबै सवारी साधन घटना स्थलमा नै भएको कारण बाटो दुबै तर्फ अवरुद्ध छ।








प्रतिक्रिया दिनुहोस