
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं ८ असार ।
सरकारले दलालहरुले वैदेशिक रोजगारीमादआकर्षक जागिरको प्रलोभनमा पारी नेपालका विभिन्न जिल्लाबाट भारतको उत्तराखण्डको काशिपुरमा पुर्याई बन्दी बनाइका ३५ नेपालीको उद्धार गरिएको छ।
निकै समयदेखी भारतमा बन्दी बनाएर कुटपिट र यातना दिइ विभिन्न शीर्षकमा रकम असुलेको जानकारी आएपछि परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिम उद्धार गरिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ।
राजदूतावासले उनीहरुलाई उत्तराखण्ड प्रहरी र ‘किन इण्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा यही असार ५ गते उद्धार गरेको हो। यस घटनासँग सम्बन्धित केही व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
उत्तराखण्डको अन्य स्थानमा बन्दी बनाइएका, थप नेपाली युवाको खोजी र उद्धार जारी रहेको दूतावासले जनाएको छ। साथै उद्धार गरिएका नेपाली युवाहरुलाई कानुनी प्रक्रिया पुरा गरी नेपाल पठाइने राजदूतावासले जनाइएको छ।









प्रतिक्रिया दिनुहोस