आज:  | Mon, 23, Jun, 2025

नुवाकोटको विदुरमा मोटरसाइकल दुर्घटनामा परी तीनजना घाइते

९ असार २०८२, सोमबार ०६:३३ मा प्रकाशित ( ६ घण्टा अघि) १५५१ पटक पढिएको
नारी बाटिका


नुवाकोट- ९ असार ।

नुवाकोटको विदुरमा मोटरसाइकल दुर्घटनामा परी तीनजना घाइते भएका छन्।

पासाङल्हामु मार्गको वट्टार–विदुर सडकखण्डस्थित ब्यारेक खोल्सामा दुई वटा मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

आज विहान बिदुरबाट बट्टारतर्फ जाँदै गरेको बा प्र ०२०३३ प ९८०१ नं। को मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको बा ६ प ५८२९ नं। को अर्को मोटठरसाइकल एक–आपसमा ठोक्किएको थियो ।

दुई साधन ठक्कर खाँदा तीन जना युवक घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घाइतेहरुको अहिले स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस