आज:  | Mon, 23, Jun, 2025

बाहिरबाट ताल्चा लगाएर भित्र कोठामा युवतीको शव लुकाइ राखेको अवस्थामा फेला

९ असार २०८२, सोमबार ११:२९ मा प्रकाशित ( ४ घण्टा अघि) १२४१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धनगढी -८ असार ।

धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी भन्ने स्थानको एक भवनमा बाहिरबाट ताल्चा लगाएर भित्र कोठामा एक युवतीको शव लुकाइ राखेको अवस्थामा फेला परेको छ ।

बैयाबेहडीको एक भवनको भित्र कोठामा युवतीको शव लुकाएर सो कोठाको बाहिर ढोकामा ताल्चा लगाइ राखेको अवस्थामा सोमबार बिहान एक युवतीको शव भेटिएको हो ।

सोही भवनमा डेरा गरी बस्ने कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी ताल्चा लगाएको कोठामा मृत भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाए अनुसार चौधरी अविवाहित हुन्।

प्रहरीले उक्त घटनाको प्रकृति हेर्दा शङ्कास्पद् देखिएकाले घटनास्थललाई सिल गरेर अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस