आज:  | Mon, 23, Jun, 2025

जुन २० देखी २६ सम्म लागु औषध विरुद्धको विशेष कार्यक्रम संन्चालन

९ असार २०८२, सोमबार १५:३३ मा प्रकाशित ( ३ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ ९ असार ।

हरेक वर्षमा जस्तै देशव्यापी रुपमा सचेतना मुलक कार्यक्रम गरी मनाईने क्रममा यस वर्षमा पनि जुन २० देखी २६ सम्म जिल्लाभरमा सप्ताहब्यापी रुपमा सचेतनामुलक कार्यक्रमको आयोजना गर्न जिल्ला प्रशासन कार्यालय, धादिङले आब्हान गरेको छ ।

यसै सन्धर्वमा यस वर्ष पनि असार ६ देखी असार १२ सम्म विभिन्न सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ तथा लागु औषध नियन्त्रण सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया तथा छलफल जिल्ला प्रशासन कार्यालयमा प्रजि अ सुमन घिमिरेको अध्यक्षतामा बैठक बसी विशेष कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको हो ।

जस अनुसार धादिङ जिल्लाको १३ वटै पालिका गृह मन्त्रालयबाट प्राप्त कार्ययोजना कार्यान्वयन गर्न अनुरोध गर्दै विगत तिन महिना देखी नेै स्थानीय तह,स्वास्थ्य संस्था,गैह्रसरकारी संघ संस्थाहरु, पत्रकारहरु तथा स्थानीयहरुसँग समन्वय गरी जिल्लास्थित पालिकाका स्कुल कलेजमा लागु औषध विरुद्धमा गत महिनादेखी नै तिन महिने अभियान अन्तरगत विभिन्न सचेतनाका कार्यक्रम तथा कक्षा संचालन हु्ंदै आएको छ ।

जिल्लास्तमा लागु औषध दुर्व्यसन मुक्त समाज निर्माणका लागि यूवा र समाजको भूमिका विषयमा अन्तर्क्रिया,संवाद,वक्तित्वकला,निबन्ध लेखन प्रतियोगिता जिल्लामा संचालनमा रहेका उपचार तथा पुनर्स्थापना केन्द्रहरूको विवरण उपचाररत संख्या, उपचार पश्चात निको भई घर फर्केकाहरुको दस्तावेजिकरण सेवाशुल्क आदि विवरण तयार गर्न लागिएको छ ।

यसैगरी प्र.जि.अ.घिमिेरेको अध्यक्षतामा बसेको उक्त बैठकले खुला सीमा नाका तथा यातायातका साधनहरुमा सप्ताहव्यापी रुपमा लागु औषध ओसार(पसारको कडा रुपमा चेकजाँच गर्ने,स्थानीय तहको नीति तथा कार्यक्रम एवं बजेटमा लागु औषधलाई मूलप्रवाहीकरणका गर्न स्थानीय तहसँग छलफल गर्ने निर्णय भएको छ ।

” स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता,लागु औषध नियन्त्रणमा सबैको ऐक्यबद्धता” भन्ने मुल नाराका साथै जिल्लास्तरमा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपालको आयोजनामा प्रभातफेरी र सप्ताहव्यापी कार्यक्रमको समापन धादिडको मलेखुमा जुन २६ मा विहान ८ बजे आयोजना गरिने भएको छ ।

यससंगै समुदायमा सचेतना जगाउन लागू औषध विरुद्ध जनचेतना जगाउने पोष्टर पम्प्लेट तयार गरी प्रशारण गर्ने, सिनेमा हलहरु, टेलिभिजन, रेडियोबाट लागु औषध विरुद्ध चेतनामूलक सामग्री, अन्तरवार्ता, छलफल, परिसंवाद जस्ता कार्यक्रमहरु प्रसारण र अडियो बजाउने, माध्यमिक विद्यालय तथा कलेज स्तरका शैक्षिक संस्थाहरुमा विद्यालय तथा कलेजका व्यवस्थापक, शिक्षकहरुलाई लागु औषध बिरुद्व अनुशिक्षण सञ्चालन गर्ने भएको छ ।

स्वस्थ जीवन, स्वच्छ विचार
लागु औषध गरौँ बहिष्कार ।

लागू औषधले लिन्छ ज्यान,
आफै नखनौ आफ्नो चिहान ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस