आज:  | Wed, 25, Jun, 2025

श्रीमान श्रीमती भीरबाट हाम फाल्दा श्रीमतीको मृत्यु श्रीमान घाइते

११ असार २०८२, बुधबार ११:१२ मा प्रकाशित ( ५ घण्टा अघि) १२४१ पटक पढिएको
नारी बाटिका


चितवन -११ असार ।

चितवनमा श्रीमान्–श्रीमतीको एक जोडीले भिरबाट हाम फालेका छन्। दुबैजना एकैसाथ भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते अवस्थामा छन्।

मृत्यु हुनेमा राप्ती नगरपालिका–४ घर भएका ४२ वर्षीया कुमारी प्रजाको मृत्यु भएको हो। उनीहरुबिचमा घरायासी विवाद भएको र सो विवादपछी श्रीमती कुमारीले घर नजिकैको भिरबाट खहरे खोलामा हाम फालेर ज्यान फालेकी हुन् । साथै श्रीमतीले भिरबाट हामफालेलगत्तै उनका श्रीमान् लीलाबहादुरले पनि भिरबाट हाम फालेका थिए।

श्रीमती कुमारीको घटनास्थलमै मृत्यु भएको छ भने श्रीमान् लीलाबहादुर प्रजा भने गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलय अितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताउनु भयो । अहिले भरतपुर अस्पतालमा उनको उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस