
नारी वाटिका संवाददाता
धादिङ ११ असार ।
धादिङको गल्छी गाउँपालिका १ त्रिशुलिमा आज एक महिलाले नदीमा हाम फालेर वेपत्ता भएकी छिन् । बुधबार गल्छी १ बस्ने कालु गिरीको श्रीमति बर्ष अ.५६ की साईली गिरीले आफै त्रिशुलि नदिमा हामफाली बेपत्ता भएकी हुन् ।
घटनाको खबर प्राप्त हुना साथ,उक्त स्थानमा सशस्त्र प्रहरी बल,नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट स.प्र.ना.नि.को कमाण्डमा ९ जनाको टोलि र प्रहरी चौकी बैरेनिबाट प्र.ब.ना.नि। को कमाण्डमा ७ जना टोली खटि गई वेपत्ता महिलाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्र्रवत्ता एव् सुचना अधिकारी सुवास हमालले
जानकारी दिनु भयो ।












प्रतिक्रिया दिनुहोस