आज:  | Thu, 26, Jun, 2025

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

१२ असार २०८२, बिहीबार ०६:४५ मा प्रकाशित ( ५ घण्टा अघि) १३९६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ १२ असार ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव नेपाललाई विशेष अदालतले पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा ३५ लाख रुपैयाँमा धरौटीमा छाड्न आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राईसहित रामबहादुर थापा र विदुर कोइरालाको सयुत्त इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो। नेपाललाई नगदै ३५ लाख वा बै‌क जमानतमा छाड्न आदेश गरेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनु भयो।

नेता नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जलि जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध आरोपपत्र दायर गरेको थियो । नेपाल बुधबार बिहान अदालतमा आफैँ उपस्थित हुनु भएको थियो।

नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट २०६६ सालमा सो सम्वन्धि निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएका थिए। तर पछि हदबन्दीभन्दा बढी कानुन विपरीत जग्गा बिक्री गरेको भन्दै नेता नेपाल लगायत ९३ जनाविरुद्ध उजुरी आएपछि अख्तियारले अनुसन्धान थालेको थियो।

अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद पनि निलम्बनमा परेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस