आज: २०८३ भाद्र १, सोमबार | Mon, 17, Aug, 2026

सर्पको डसाइबाट नवलपरासीमा एक महिलाको मृत्यु

२०८२ अषाढ १२, बिहिबार मा प्रकाशित ( १ साल अघि) १४१०६ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

नवलपरासी- १२ असार ।

नवलपरासीको बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका( ६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ। सर्पदंशबाट स्थानीय ४६ वर्षीया शान्ति डुम्रेको मृत्यु भएको हो।

बुधबार राति ९ बजे घरमा भाँडा माझीरहेको अवस्थामा उनको दाहिने खुट्टामा सर्पले डसेको थियो। उपचारका लागि कालीगण्डकी अस्पताल कावासोती लगिएकोमा गएराति नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनु भयो ।

हाल नेपालका विभिन्न भागमा अत्याधिक रुपमा गर्मी बढेसँगै त्यस जिल्लामा सर्पदंशका घटना बढ्न थालेको बताइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस