आज:  | Thu, 26, Jun, 2025

उपत्यका लगायत सहरी क्षेत्रमा लागु औषधको बिगबिगी

१२ असार २०८२, बिहीबार १५:१९ मा प्रकाशित ( ४ घण्टा अघि) ८०७ पटक पढिएको
नारी बाटिका


काठमाडौं -१२ असार ।

प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यबद्धता भए लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न सफल हुने बताउनु भएको छ।

बिहीवार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नु हुंदै उहाँले यस्तो बताउनु भएको हो। उहाँले काठमाडौं उपत्यका लगायत देशका शहरी षेत्रमा लागुऔषधको बिगबिगी बढिरहेको बताउनु भएको छ ।

महानिरीक्षक थापाले भन्नु भयो त्यसलाई मध्यनजर गरी उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यकाभर लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढंगले अघि बढाइरहेको जानकारी दिनु भयो ।

सबै पालिका, सबै तहतप्का र विद्यालय तहमा लागुऔषध विरुद्धको अभियानमा सचेतनामुलक कार्यक्रम लिएर अघि बढिरहेको छ्र्र, लागुऔषधको डिमाण्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर योजना बनाइ अघि बढ्न जरुरी छ, नेपाल प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आ।व।मा भन्दा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हिरोइन ७९, अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बरामद गरेको जानकारी दिनु भयो।

साथै लागुऔषधको न्युनिकरण, रोकथाम र नियन्त्रणको विषय गम्भीर बन्दै गइरहेकोले लागुऔषधको नियन्त्रण र निवारणमा समयमै सबै एकजुट हुन नसके उत्पादनशील र सिर्जनशील युवा जनशक्ति गुमाउनु पर्ने अवस्था रहेको बताउनु भयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस