
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -१३ असार ।
पृथ्विराजमार्गको महादेववेशी आठकिलास्थितमा सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी दुइजना घाईते भएका छन् ।
गएराति करिव १२ बजेको समयमा धादिङको थाक्रे गाउँपालिका ७ आठकिला स्थित पृथ्विराजमार्गमा सातकिलाबाट गजुरी तर्फ आउँदै गरेको प्र ३ ०१.०५ ख ९३६३ नं.को खाली टिफरको टाईराईड भाँचिएर आफै अनियन्त्रीत भई सडकबाट अं.१० मिटर तल खोलामा खस्न गई सवारी दुर्घटना परेको थियो ।
दुर्घटनामा घाइते टिफर चालक मकवानपुर इन्द्रसरोवर गाउँपालिका १ मार्खु बस्ने बर्ष ४८ को मानकाजी बलको ढाड लगायत शरिरका विभिन्न भागमा चोट लागेको छ भने हाल घाइतेको अवस्था मध्यम (बोल्न सक्ने) रहेको प्रहरीचौकी महादेववेशीले जनाएको छ । साथै सोही टिफरमा सवार ऐ.बस्ने बर्ष १८ को निसान ठकुरी बाया हातमा सामान्य चोट अवस्था सामान्य र उनीहरु दुवै घाईतेलाई उपचारको लागी ट्रमा सेन्टर काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।
घटनामा घाईतेहरुको उद्धारका लागी प्रहरीचौकी महादेववेशीबाट प्र.ना.नि.धन बहादुर बिष्टको कमाण्डमा ३ जना र तालुक इलाका प्रहरी खानिखोलाबाट प्र.नि.नन्दराज जैशी को सयुत्त कमाण्डमा ५ जनाको टोली खटि उद्धार गरिएको हो ।
दुर्घटना भएको टिफर भने घटना स्थलमा नै रहेकको,बाटो अवरोध नभएको, प्रहरीचौकी महादेववेशीले जानकारी दिएको छ ।








प्रतिक्रिया दिनुहोस