आज: २०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

नुवाकोटमा बाढीले महिला बेपत्ता,डोल्पामा पहिरोले १५ घर क्षति

२०८२ अषाढ १३, शुक्रबार मा प्रकाशित ( १0 महिना अघि) १००१४ पटक पढिएको
नारी बाटिका


काठमाडौं -१३ असार ।

नुवाकोटको ककनी गाउँपालिका–१ स्थित बिमचना खोलाको बाढीले बगाउँदा एक महिला वेपत्ता भएकी छिन् । वेपत्ता हुनेमा ३२ वर्षीया कमला बलामी रहेकी र अहिले उनको सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ। यसिैगरी उक्त बाढीले तीन वटा गोठ बगाएको छ भने सोही बाढीले घाइते भएका अशोक बलामीलाई उपचारका लागि काठमाडौं पठाइएको छ।

घटनाको उद्धारका लागि ६५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। यसैगरी, डोल्पाको काईके गाउँपालिका–४ रिवामा पहिरो जाँदा १५ घर पूर्ण रूपमा क्षति भएको छ। घटनास्थलमा सशस्त्र प्रहरी बलको टोली उद्धार कार्यमा खटिएका छन् । पहिरोमा परी घाइते भएका तीन जनाको अवस्था सामान्य रहेको डोल्पा प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस