आज:  | Mon, 30, Jun, 2025

प्रतिनिधिसभाले संधीय निजामती सेवा विधेयक पारित गर्यो

१५ असार २०८२, आईतवार १९:२३ मा प्रकाशित ( २२ घण्टा अघि) ९०० पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -१५ असार ।

आज बसेको प्रतिनिधिसभाको वैठकले ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ पारित गरेको छ । विधेयकमा सङ्घीय निजामति सेवाको गठन, सञ्चालन, सेवा तथा सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको आइतबारको बैठकले पारित गरिएको हो ।

वैठकमा यसअघि पनि सांसदहरु रेखा शर्मा, प्रेम सुवाल, प्रकाश ज्वाला, महेन्द्रबहादुर शाही, जनार्दन शर्मा, अमनलाल मोदी, रणेन्द्र बराइली, प्रभु साहलगायत सांसदले उक्त विधेयकमाथिको छलफलमा भाग लिएका थिए ।

आज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले उक्त विधेयक पारित गर्न सदन समक्ष प्रस्तुत गरेका थिए। प्रतिनिधिसभाको अर्को वैठक यही असार २३ गते अपराह्न १ः०० बजेको लागी बोलाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस