आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दियो

२०८२ अषाढ २०, शुक्रबार मा प्रकाशित ( ७ महिना अघि) ७१३१ पटक पढिएको
नारी बाटिका


काठमाडौँ -२० असार ।

काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार आफैँ अदालतमा हाजिर भएका पाठकलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा २५ हजार धरौटीमा छाड्न आदेश हो ।

न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्न आदेश दिइएको थियो । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरुद्ध सोमबार मुद्दा दायर गरेको थियो ।

‘साइबर ब्युरो ५९’ का नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा उनीविरुद्ध एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरिएको भएतापनि उनी सो धरौटीमा छुटेका हुन् ।

निवेदकले ‘हिल्टन होटलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.आरजु राणा पुत्र जयवीर देउवाको पैसा’ भन्ने शीर्षक राखेर सामग्री प्रसारण गरी आफूविरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस