आज:  | Sat, 05, Jul, 2025

प्रचण्ड निवासमा पाँच कम्युनिस्ट पार्टीका उच्चस्तरीय राजनीतिक बैठक

२१ असार २०८२, शनिबार १९:०५ मा प्रकाशित ( ६ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


काठमाडौं -२१ असार ।

नेकपा माओवादीसहितको पाँच कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबीचमा शनिबार दिउँसो समसामयिक राजनीतिक विषयमा उच्चस्तरीय छलफल भएको छ।

काठमाडौंको पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी अध्यक्ष प्रचण्ड निवासमा आयोजित छलफलमा दलका प्रमुख एव्ं प्रतिनिधि नेताहरूको सहभागिता रहेको थियो ।
छलफलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी हुनु भएको थियो ।

यसैगरी नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल(का महासचिव मोहनविक्रम सिंह र नेकपा (क्रान्तिकारी माओवादी( का कार्यवाहक महासचिव सीपी गजुरेल सहभागी हुनु भएको थियो ।

प्रचण्डको सचिवालयले जनाए अनुसार बैठकमा समसामयिक राजनीतिक परिदृश्य, वामपन्थी एकता,तथा आगामी राजनीतिक रणनीतिबारे गम्भीर छलफल भएको छ। बैठकको निष्कर्षबारे औपचारिक जानकारी भने पछी सार्वजनिक गरिने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस