आज:  | Mon, 07, Jul, 2025

सरकारी अस्पतालका डाक्टरहस्को आन्दोलनले बिरामीको बिचल्ली

२३ असार २०८२, सोमबार १६:३३ मा प्रकाशित ( ९ घण्टा अघि) १०५५ पटक पढिएको
नारी बाटिका


काठमाडौं -२३ असार।

यतिबेला देशभरका सरकारी अस्पतालका डाक्टरहरुको आन्दोलनले बिरामीको बिचल्ली भएको छ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति राख्दै नेपाल चिकित्सक संघले आजपनि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन् ।

विगत एक सातादेखी संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कालोपट्टि बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् ।

डाक्टरहरुको आन्दोलनका कारण देशभरका बिरामीहरुको बिचल्ली भएको छ। सबैभन्दा ठुलो असर त झन् महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा असर परेको छ।
सामुदायिक अस्पतालमा देशका गरिव तथा आर्थिक कमजोर बिरामीले सेवा लिने सरकारी अस्पताको ओपीडी बन्द हुँदा टाढाटाढाबाट आएका बिरामी बढी समस्यामा परेका छन्।

कयौं बिरामीहरु आज रिपोर्ट देखाएर आजै फर्किने गरी आएका हुन्छन् । तर अस्पतालका डाक्टरहरुले नै बिरामीको सेवामा वास्ता नगरेपछी उनीहरुले आफूहरूलाई खान बस्नकै समस्या भएको बताएका छन्।

आन्दोलन कहिलेसम्म चल्ने टुंगो नहुँदा उनीहरू थप अन्योलमा परेका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस