आज:  | Mon, 07, Jul, 2025

सामुदायिक सुरक्षा जालोको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

२३ असार २०८२, सोमबार १९:०७ मा प्रकाशित ( ८ घण्टा अघि) १२७२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ– २३ असार ।
फोकस नेपालद्वारा संन्चालित सामुदायिक सुरक्षा जालो कार्यक्रको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सामुदायिक सुरक्षा जालोको सार्वजनिक सुनुवाइ कार्यक्रममा समुदायको सामाजिक न्याय,लक्षित वर्गमा जिविकोपार्जन कार्यक्रम तथा महिलाहरुको नेतृत्व विकासका लागि महिला समुह मार्फत काम गर्दै आइरहेको र यस कार्यक्रमले समुदायमा पारेको प्रभावका बारेमा समिक्षा गरिएको हो ।

फोकस नेपालका कार्यसमिति सदस्य कल्पना आलेको अध्यक्षता सम्पन्न काईक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख कुलमान विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पत्रकार महासंघका पुर्व अध्यक्ष राजाराम शर्मा, नारी जागरण केन्द्रका प्रतिनिधि तथा गैसस महासंघका पुर्व उपाध्यक्ष भगवती भण्डारी उपे्रती,दलित सेवासंघका अध्यक्ष श्याम व.मगराती,फोकस नेपाल धादिङका कार्यक्रम संयोजक एकराज छत्कुली,कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

यसैगरी कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, निलकण्पालिकाका निरिक्षक निर्मला शर्मा,धादिङमा क्रियाशिल विभिन्न मिडियाका पत्रकारहरु,सामुदायिक सुरक्षा जालो कार्यक्रमका महिला समुहहरु लगायतका प्रतिनिधि एवं सरोकारवालाहरुको सहभागिता रहेको हो ।

कार्यक्रममा सरोकारवालाहरुलाई सामुदायिक सुरक्षा जालोका सदस्यहरुले महिलाका जिविकोपार्जनका लागि यस परियोजनाले पुर्याएको सहयोग,लैङ्गिक हिंसामा परेका महिलाहरुको न्यायका पक्षमा अघि सारिएका कदम, महिला सहभागिता, नेतृत्व विकास, मानसिक समस्या सम्वन्धि सचेतना कार्यक्रम तथा महिला लक्षित बजेट र बजेटको कार्यान्वयन र प्रभावकारी लगायतका विषयमा जिज्ञासा राखेका थिए । 

सहभागीहरुका जिज्ञासालाई रेडियो धादिङका स्टेशन म्यानेजर तथा पत्रकार महासंघका पुर्व अध्यक्ष राजाराम शर्माले र फोकस नेपाल धादिङका कार्यकारी निर्देशक तथा कार्यक्रम संयोजक छत्कुलीले स्पष्ट पार्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण संस्थाका कार्यकारी निर्देशक छत्कुलीले गर्नु भएको हो । कार्यक्रमको उदेस्य अनुुसार सामुदायिक सुरक्षा जालो तथा महिलावादी सुदृढिकरण, २०८४ मा महिला,हुनु पर्छ पहिला जस्ता राजनितिक सचेतनामुलक यस कार्यक्रम धादिङको निलकण्ठ नगरपालिका र वेनिघाट रोराङ गाउँपालिकामा विगत ३० महिनादेखी संचालनमा थियो भने आगमी आवदेखी यस परियोजना सकिएको जानकारी गराइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस