
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ – २४ असार ।
आज त्रिशुली नदीको उपल्लो भूभाग नुवाकोट तर्फ अति भारी वर्षा भएको कारण सडक पुलमा समेत केही क्षति पुर्याएको छ ।
धादिङ जिल्लाको त्रिशुली नदी किनारका दुवै तर्फ पानीको बहाव सतर्कता भन्दा बढ्न सक्ने सम्भावना रहेकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन जिल्ला प्रशासन कार्यलय धादिङले अनुरोध गरेको छ ।
भारी वर्षाको कारणले त्रिशुली नदी तथा आसपासमा समेत हुन सक्ने बाढी पहिरो वा अन्य क्षतिको जोखिम देखिएमा तुरुन्तै नजिकैको सुरक्षा निकाय वा फोन नम्बर १०० वा १०१४ मा जानकारी गराइदिन पनि जिल्ला प्रशासन कार्यलय धादिङले विशेष अनुरोध गरेको छ।
यस सम्वन्धमा नुवाकोट जिल्ला स्थित त्रिशुली नदी बेत्रावती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले त्रिशुली नदीको तल्लो तटीय आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीवासीहरूले आवश्यक सतर्कता अपनाउन सुचना जारी गरेको हो ।








प्रतिक्रिया दिनुहोस