आज:  | Tue, 08, Jul, 2025

त्रिशुली नदीमा आएको बाढीले शव भेटिने क्रम जारी,फेरी अन्य शव भेटियो

२४ असार २०८२, मंगलवार १७:२७ मा प्रकाशित ( ६ घण्टा अघि) १६४४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिड २४ असार ।

धादिडको त्रिशुली नदीमा आएको बाढीको कारण लास भेटिने क्रम जारी छ ।

हालसम्म पाँच वटा शव फेला परी सकेको छ भने पाँच मध्य तिनजनाको पुरै शरिर र दुईजनाको एक एक भागको खुट्टा मात्रै भेटिएको हो । चरौँदीमा भेटिएको एउटा शवको भने अनुसन्धानमा रहेको जिल्ला प्रहरी कार्यलय धादिडका प्रवत्ता एवं प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनु भयो ।

हालसम्म सबै जसो शव त्रिशुली नदीका छेउछाउमा भेटिएको र दुइटा शवको भने एक एक खुट्टा मात्रै भेटिएको अर्थात् पाँचजनाको शव भेटिएको हो । प्र्रहरीका अनुसार शवको परिक्षणका लागी पठाइएको र सो बारेमा अनुसन्धान भइरहेको प्रवत्ता हमालले बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस