
नारी वाटिका संवाददाता
धादिड २४ असार ।
धादिडको त्रिशुली नदीमा आएको बाढीको कारण लास भेटिने क्रम जारी छ ।
हालसम्म पाँच वटा शव फेला परी सकेको छ भने पाँच मध्य तिनजनाको पुरै शरिर र दुईजनाको एक एक भागको खुट्टा मात्रै भेटिएको हो । चरौँदीमा भेटिएको एउटा शवको भने अनुसन्धानमा रहेको जिल्ला प्रहरी कार्यलय धादिडका प्रवत्ता एवं प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनु भयो ।
हालसम्म सबै जसो शव त्रिशुली नदीका छेउछाउमा भेटिएको र दुइटा शवको भने एक एक खुट्टा मात्रै भेटिएको अर्थात् पाँचजनाको शव भेटिएको हो । प्र्रहरीका अनुसार शवको परिक्षणका लागी पठाइएको र सो बारेमा अनुसन्धान भइरहेको प्रवत्ता हमालले बताउनु भयो ।












प्रतिक्रिया दिनुहोस