
नारी वाटिका संवाददाता
रसुवा -२४ असार ।
रसुवा जिल्लाको लेन्दे नदीमा आएको बाढीको कारण ७ जनाको शव फेला परेको छ। प्रहरीको तथ्यांक अनुसार अझै १८ जना सम्पर्क विहीन अवस्थामा छन्। वेपत्ता भएकामध्ये ३ जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण रहेको बताइएको छ ।
साथै बाढी पहिरोमा फसेका ५५ जनाको उद्धार गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा १,२ र ३,आमाछोदिङ्मो गाउँपालिका वडा १,२,४ र ५,उत्तरगया गाउँपालिका वडा नं.२,४ र ५ तथा कालिका गाउँपालिका वडा १ का लगायत आसपासका क्षेत्रहरु बढी प्रभावित भएको छ।
हालसम्मको विवरण अनुसार नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ। इभी चार्जिङ स्टेशनमा क्षति, ७। ८ वटा इभी गाडी बगाएको प्रहरीले जनाएको छ। यसका साथै भन्सार कार्यालय रसुवा, रसुवागढी हाइड्रोपावरको ड्याममा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस