
रसुवा -२५ असार ।
रसुवा जिल्लाको लेन्दे नदीमा आएको बाढीमा परी वेपत्ता मध्ये ९ जनाको मृत्यु भएको पुष्टी भएको छ । तर अझै १९ जना सम्पर्क बिहिन अवस्थामा छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार २ प्रहरी, ६ जना चिनिया नागरिक र ११ जना सर्वसाधारण बेपत्ता भएको जनाएको छ भने बाढीमा फसेका ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ।
सोही बाढीले नेपाल चीन सीमा क्षेत्रस्थित मितेरी पुल, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी समेत बगाएको छ। बाढीले धुन्चेदेखि टिमुरे तर्फ जाने सडक पनि अवरुद्ध भएको छ ।,साथै रसुवागढी हाइड्रो पावरको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत ठुलो क्षति पुर्याएको छ












प्रतिक्रिया दिनुहोस