
धनगढी- २५ असार ।
धनगढीमा तेक्वान्दोको प्रशिक्षक पृथ्वीराज घिमिरेले १३ वर्षीया किशोरीलाई बलात्कार गरेका छन् । निज किशोरीलाई घिमिरेले विद्यालयका कञ्चनपुरको पुनर्वासस्थित दोजाङमा बलात्कार गरेको उजुरी परेको छ।
पीडित परिवारको तर्फबाट असार २० गते इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा जाहेरी परेको हो । बलात्कारपछी घिमिरे फरार रहेका छन् भने बालिकालाई सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ।
कञ्चनपुरका प्रहरी नायव उपरिक्षक सागर बोहराका अनुसार फरार रहेका घिमिरेको खोजी कार्य जारी रहेको बताउन भयो ।












प्रतिक्रिया दिनुहोस