
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौँ २८ असार ।
हाल देशका पहाडी भूभाग साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ। आज पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले प्रकाशन गरेको बुलेटिन अनुसार शनिबार देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपातको पनि सम्भावना छ।
महाशाखाले सम्भावित वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम हुने भएकोले ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता तथा पूर्व तयारी अपनाउन अनुरोध गरेको हो ।








प्रतिक्रिया दिनुहोस