आज:  | Sun, 13, Jul, 2025

जिल्ला प्रशासन कार्यलय र नीलकण्ठ नगरपालिकाको सयुक्त सार्वजनिक सुनुवाई सम्पन्न

२९ असार २०८२, आईतवार १९:५० मा प्रकाशित ( ८ घण्टा अघि) ११४८ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ- २९ असार।

नीलकण्ठ नगरपालिका र जिल्ला प्रशासन कार्यलय धादिङको संयुक्त आयोजनामा आ।व २०८१ ।०८२ को स्वीकृत कार्यक्रम तथा विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

आईतबार नीलकण्ठ नगरपालिका र जि.प्र.का.धादिङद्वारा सयुक्त आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा धादिङ क्रियटिभ मिडिया प्रा.लि. प्रतिनिधिको कार्यक्रम संन्चालनमा सम्पन्न गरिएको हो । सार्वजनिक सुनुवाइ मार्फत नगरपालिकाको सहकार्यमा यस्ता नागरिकका हितमा प्रवाह गरिने सेवा र विकास निर्माणका क्षेत्रमा भए गरेका विकास योजनाको पारदर्शिता,जवाफदेहिता र नागरिक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो ।

सार्वजनिक सुनुवाईमार्फत नागरिकहरूबाट प्रत्यक्ष रुपमा आएका जिज्ञासा गुनासो, प्रश्न तथा सुझाव संकलन गरिएको थियो । कार्यक्रममा उपस्थित नागरिक तथा सरोकारवालाहरूले सान्ति सुरक्षा,यातायातका गतिविधिहरु,व्यवशायीहरुमा अनुगमन,स्वास्थ्य सेवा, खानेपानी, सडक निर्माण,शिक्षा, लगायतका विषयमा धारणा राख्दै राम्रा पक्षलाई निरनतरता दिई केही सुधारको आवश्यकता सुझाव दिएका थिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले चालु आर्थिक वर्षमा सञ्चालित कार्यक्रम, सेवा प्रवाहको अवस्था, बजेटको उपयोगिता,योजना लगायत सम्रग नगरपालिकाबाट प्रवाह भएको सेवा सुविधाहरुको विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका सहभागिहरुबाट उठेको प्रश्न तथा जिज्ञासालाई सम्बोधन गर्नु हुदै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाको सान्ति सुरक्षा, विकास निर्माण,विभिन्न व्यवशायहरु, योजनाको अनुगमन निरिक्षण,राष्ट्रीय परिचयपत्र,नागरिकता लगायतका विषयमा बताउनु भएको थियो ।

त्यसैगरी नागरिकबाट उठेको प्रश्न तथा जिज्ञासालाई सम्बोधन गर्नु हुदै निलकण्ठ नगरपालिकाका प्रमुख मेयर भिमप्रशाद ढुंगानाले शिक्षा र स्वास्थ्य,प्रत्यक वडा तहमा पक्की मोटर बाटो तथा सबै क्षत्रलाई समेटेर अगाडी बढेको बताउनु भयो । उहाँले नगरको उन्नति र प्रगतिका लागि सबै जनप्रतिनिधिहरुले पार्टी विर्सिएर एकजुट भएर अगाडी बढेको बताउनु भयो ।

त्यस्तै नगर उपप्रमुख दिपक विश्वकर्माले दलित बालबालिकाले छात्रावृति समयमा नपाएको भन्ने जिज्ञासामा दलित बालबालिको आवश्यकतालाई मध्यनजर गर्दै निति तथा कार्यक्रममा समेटेर छात्रावृति कार्यक्रमको व्यवस्था गरिएको बताउनु भयो ।

स्थानीय सरकारले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहका लागि नागरिकका सुझावलाई प्राथमिकतामा राख्ने उपप्रमुख विश्वकर्माको भनाई छ ।

कार्यक्रममा नगर प्रमुख भिम प्रसाद ढुङ्गाना,उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे,जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक सुवास हमाल,सशश्र प्रहरी बल प्रमुख लक्ष्मी थपलिया,प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी, जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस