आज:  | Wed, 16, Jul, 2025

तुइन चुँडेर महाकाली नदीमा एकजना खसेर बेपत्ता

३१ असार २०८२, मंगलवार १८:०९ मा प्रकाशित ( १३ घण्टा अघि) १३६५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

दार्चुला ३१ असार।

तुइन चुँडेर दार्चुलाको महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन्। व्यास गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदी पार गर्ने क्रममा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन्।

मंगलबार दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जानेक्रममा तुइन चुँडेर बुढाथोकी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।

उनीसँगै एक स्थानीय २६ वर्षीय जितु विष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइन मार्फत महाकाली नदी पार गर्दै थिए। तर नारायण भन्दा अघि जितुले तुइनमार्फत नदी सकुशल पार गरी भारतर्फ गए।

त्यसपछि महाकाली नदी पार गर्दै गर्दा नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुँडिदा नदीमा खसी बेपत्ता भएका हुन्। उक्त घटपछि नारायणसँगै गएका जयदु र जितुले भने तुइन चढ्न पाएनन्।

बेपत्ता भएका नारायणको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक रावतको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस