
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ १ साउन ।
सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने सक्राकन्ति अर्थात कर्कट संक्रान्ति पर्व स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मिठा मिठा परिकार बनायर खाई मनाउने गरिन्छ।
आजबाट सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्तिको रुपमा मनाउने प्राचीन परम्परा चलिआएको छ ।
साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गतेबाट सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइँदै आएको हो ।
आज विशेष गरी लुतो फल्ने दिनको रुपमा पनि लिइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलो तथा वर्षाको झरिमा रुझेर भिझेर किसानीले खेतीपातीको काम लाग्दा छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको मानिन्छ ।
धर्मशास्त्र विद् परम्परा अनुसार काग भलायो, कुकर डाइनो, लुतेझार, पानी अमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी बलेको अगुल्टो फालेर ठुलो स्वरले करायर लुतो जा है………भनेर वल्लो गाउँबाट पल्लो गाउँसम्म सुन्नेगरी फालिने गरिन्छ ।
यसरी परमपरा अनुसार विधि विधानले लुतो फाल्दा आआफ्नो कूल परम्परा अनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा अहिले पनि छ । साउन महिनालाई हिन्दु धर्मावलम्बीले विशेष रुपमा भगवान् शिवको पूजा आरधना गरेर मनाउने गर्छन् ।
आजैबाट भगवान शिवको ब्रत बसी पुजा आरधना गरी १ महिनासम्म बसिन्छ भने साउन सुरु भएसंगै महिलाहरुले विषेश गरी नेपालको तराइ क्षेत्रका महिलाले हरियो चुरा लगायत कपडा लगाएर यो महिनाभर सोमबारे व्रत लिने प्रचलन रहेको छ ।







प्रतिक्रिया दिनुहोस