आज:  | Thu, 17, Jul, 2025

ढुङ्गासहितको पहिरोले लागेर सव– इन्जिनियरको मृत्यु, दुई घाइते

२ श्रावण २०८२, बिहीबार ०६:५४ मा प्रकाशित ( १४ घण्टा अघि) १३६५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
दोलखा १ साउन ।

दोलखाको सानीमा हाईड्रो पावर कम्पनीको बाटो सर्वे गर्ने क्रममा माथिबाट खसेको ढुङ्गासहितको पहिरोले लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

विगु गाँउपालिका वडा नम्बर– १ हुरहुरे भन्ने ठाँउमा ढुङ्गा सहितको पहिरो खसेर गम्भीर घाइते भएका सानीमा हाईड्रो पावर कम्पनीमा कार्यरत सव– इन्जिनियरको मृत्यु भएको हो । मृत्यु हुनेमा नुवाकोट विदुर नगरपालिका वडा नम्बर– ४ का २९ वर्षीय सुनिल न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताउनु भयो ।

बुधवार अ. २ः३० बजे बाटो सर्बेका लागि पुगेका सानीमा हाईड्रो पावर कम्पनीका सब इन्जिनियर न्यौपाने, हुरहुरेमा ढुङ्गा सहितको पहिरो खस्दा े लागेर उनको मृत्यु भएको हो । त्यस्तै सोही घटनामा घाईते हुनेमा रामेछापको लिखु तामाकोशी गाँउपालिका वडा नम्बर– ४ का २९ वर्षीय विशाल बुढाथोकी र सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नम्बर– १ भोटेचौरका २७ वर्षीय सन्दिप चौलागाई घाइते भएका छन् ।

सो घटना लगतै इलाका प्रहरी कार्यालय लामाबगरबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई उद्धार गरेको र गम्भीर घाइते न्यौपानेलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक महतोले बताउनु भयो । दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस