आज:  | Thu, 17, Jul, 2025

विद्या भण्डारीलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न सकिँदैन : अध्यक्ष ओली

२ श्रावण २०८२, बिहीबार १८:०७ मा प्रकाशित ( ७ घण्टा अघि) १६१३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ १ साउन ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न नसकिने बताउनु भएको छ । आज पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री तथा नेकपा अध्येक्ष ओलीले विद्यासँग कार्यकारी पदमा बसेर चलाएको अनुभव नभएकाले एमालेको नेतृत्व दिन नसकिने बताउनु भएको हो ।

‘उहाँले भन्नु भयो’ ,विद्याजीको हकमा राजनीतिमा आउनुपर्छ भनेर पार्टीले ठानेको, मानेको अवस्था छैन । विद्या जीले पार्टीको काम छोडेर धेरै वर्ष बाहिर बस्नु भयो । उहाँसँग कार्यकारी पदमा बसेर चलाएको अनुभव पनि छैन । यसैले अहिले उहाँलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न सक्ने अवस्था नरहेको प्रधान्मत्री ,ओलीले बताउनु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस