आज: २०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

मौसम सम्वन्धि खबर :यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

२०८२ श्रावण ३, शनिबार मा प्रकाशित ( ४ महिना अघि) ५२७१ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता
काठमाडौं ३ साउन ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेतापनि केही दिनदेखी देशका भु भागमा वर्षा भएको छैन। जसको कारण अत्याधिक गर्मी बढीरहेको अवस्था छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले एक बुलेटिन जारी गर्दै जनाएको छ।

आज देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशका केही स्थानमा, मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस