आज: २०८२ श्रावण १०, शनिबार | Sat, 26, Jul, 2025

पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नै धरापमा

२०८२ श्रावण ४, आईतबार मा प्रकाशित ( ६ दिन अघि) १६४४ पटक पढिएको
नारी बाटिका


“विश्लेषण”                                                                                                                            भगवती भण्डारी, धादिङ निलकण्ठ ३

काठमाडौँ ४ साउन।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्ता नै धरापमा परेको छ ।

दुई पटकसम्म मुलुकको राष्ट्रपति भई देशको सबैभन्दा उच्च पदमा रहेर नृतृत्व गरिसक्नु भइसकेकी भण्डारीले पछिल्लो समयमा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै उहाँको पार्टीको आधिकारिक सदस्यता नै धरापमा परेको हो ।

पुर्व राष्ट्रपति भण्डारीले विभिन्न सार्वजनिक रुपमा आफु भावी एमालेको अध्यक्ष पदको दावेदार रहेको संकेत दिएपछी नेकपा एमाले उहाँको धारणाप्रति सशंंकित बन्दै शुक्रवार र शनिवार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकमा भण्डारीको विषयमा गहन छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

देशको “गरिमामय पद सम्हालेको व्यक्ति प्रत्यक्ष पार्टी राजनीतिमा फर्किँदा पार्टी र समाजमा के प्रभाव पर्छ ? बैठकमा प्रश्नहरू उठेका थिए। यसप्रति पार्टी कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ। अध्यक्षले पनि अर्को बैठकमा थप छलफल गर्ने प्रस्ताव गर्नु भएको छ,” गौतमको भनाई थियो।

गौतमका अनुसार भण्डारीको पार्टी सदस्यता नवीकरण अहिले पेन्डिङ अवस्थामा रहेको र यसबारे पार्टीले पछि निर्णय गर्ने बताएका छन् । पूर्व राष्ट्रपतिका रूपमा राष्ट्रको उच्च जिम्मेवारी सम्हालेकी भण्डारीको सक्रिय राजनीतिमा फर्किने तयारीलाई लिएर पार्टी भित्रै विभिन्न धारणा देखिएको बताइएको छ।

“जब की पार्टीमा कुनै पनि पदमा भाग लिनको लागी सदस्यता लिनु पर्ने हुन्छ ” यसको लागी पूर्व राष्ट्रपतिको हैसियतमा आफुले सरकारबाट खाई पाई आएको सबै सेवा सुविधा त्यागेर एमालेको सक्रिए राजनितिमा आएको पूर्व राष्ट्रपति भण्डारीको सार्वजनिक अभिव्यक्तिहरु आउन थालेपछी प्रधानमन्त्री एवं् पार्टी अध्यक्ष केपी शर्मा वली भण्डारीको व्यवहार प्रति आक्रोश बन्दै आउनु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस