आज:  | Mon, 21, Jul, 2025

धादिङसहित ४१ जिल्लामा बाढीको मध्यम जोखिम

५ श्रावण २०८२, आईतवार ०७:०५ मा प्रकाशित ( १ दिन अघि) २२९५ पटक पढिएको
नारी बाटिका


नदी आसपास सतर्कता अपनाउन आग्रह

नारी संन्चार संवाददाता

धादिङ -४ साउन।

हालको देशभरमा सक्रिय रहेको मनसुनी वायुको प्रभाव रहेको छ । जसको कारण धादिङसहित देशका ४१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाद्वारा शनिबार एक सुचना जारी गर्दै साउन ३ गतेदेखी साउन ५ गतेसम्मको लागी नदी आसपास सतर्कता अपनाउन आग्रह गरेको छ ।

वर्षासंगै विभिन्न क्षेत्रका साना नदी तथा खोलाहरूमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले उक्त क्षेत्रको आसपासमा बसोबास गर्ने समुदायलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न नदी प्रणालीमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएकोले बागमती प्रदेशअन्तर्गत पर्ने धादिङ जिल्लाका खोला तथा सहायक नदीहरूमा पनि आकस्मिक बाढी आउन सक्ने जोखिम औंल्याइएको हो ।

महाशाखाले जोखिमयुक्त जिल्लामा पर्ने बस्ती, पुल–पुलिया र नदी आसपासका क्षेत्रमा बसोबास गर्ने समुदायले विशेष रुपमा सतर्क रहन तथा आवश्यक पूर्वतयारी अपनाउन स्थानीय प्रशासन र सर्व साधारणलाई आग्रह गरेको छ ।

त्यसैगरी मौसमविद् उज्वल उपाध्यायका अनुसार गण्डकी जलाधार क्षेत्रअन्तर्गत पर्ने धादिङमा पनि अत्यधिक पानी पर्ने सम्भावना रहेकाले आवश्यक नपरी लामो दूरीको यात्रा नगर्न सुझाव पनि दिइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस