
नारी संन्चार संवाददाता
गण्डकी -४ साउन ।
पर्वत मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीस्थित पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ।
भारी वर्षाका कारण गएराति खसेको पहिरोले पुरिएर छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
गएराति देखि पर्वत लगायतका आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। यस क्षेत्रका मोदी, पाती, सेती, मल्याङ्दी लमाए खोला र कालीगण्डकीमा जलसतह सतर्कता भन्दा माथी बढेको छ। त्यसैले स्थानीय प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।












प्रतिक्रिया दिनुहोस