
नारी संन्चार संवाददाता
धादिङ -४ साउन।
नारायणगढ -मुग्लिङ सडक खण्डको तुइनमा भारतीय कारमाथि ढुंगा खसेर दुर्घटना हुंदा तीन जना घाइते भएका छन् ।
आज दिउँसो सडकमा गुड्दै गरेको भारतको उत्तर प्रदेशबाट काठमाडौं तर्फ आउँदै गरेको युपी ८० जीपी२९२८ नम्बरको सेतो रंगको कारमा सडकको माथीपटी पहराबाट खसेको ढुंगो आएर कारमाथी बजारिएको हो ।
सडकमाथी पहराबाट खसेको ठूलो आकारको ढुंगो कारमा बज्रिएर कार क्षतिग्रस्त भएको छ भने उक्त कारको पछाडि बसेका तीनजना गम्भीर घाइते भएका छन्। उक्त कारमा पाँचजना सवार रहेको प्रहरीले जनाएको छ।
अचानक खसेको ढुंगोले कारको सन रुफ भत्काउँदै सिटमा रहेका यात्रुमाथि लागेको थियो । ढुंगाले लागेर घाइते भएकाहरूलाई अस्पताल लगिएको प्रहरीले बताएको छ । विस्तृत बिवरण आउन बाँकी












प्रतिक्रिया दिनुहोस