आज:  | Mon, 21, Jul, 2025

आज साउने सोमबार, पशुपतिनाथ मन्दिरमा भक्तजनको घुईँचो

६ श्रावण २०८२, सोमबार ०६:४४ मा प्रकाशित ( ११ घण्टा अघि) ७४५ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता

काठमाडौं- ५ साउन।

आज साउन महिनाको पहिलो सोमबार हो । सनातन धर्मावलम्बीहरुले आजैबाट भगवान् शिवको पूजाअर्चना तथा उपवास बसी मनाउने गछन्।साउन महिना लागेसंगै कतिपयले चोखो खान थालेका हुन्छन् भने ब्रत विधि भने आजैबाट सुरु हुदैछ । सौरमानको पात्रो अनुसार पहिलो सोमबार ५ गते परेको हो।

चान्द्रमानको पात्रो (तिथिमा चल्ने)हरुका लागी असार ३० बाटै साउने सोमबार व्रत शुरु भएको थियो। चान्द्रमानको पात्रोअनुसार श्रावण कृष्ण प्रतिपदादेखि शुक्ल पूर्णिमाको बिचमा पर्ने सोमबार व्रत लिने गरिन्छ।

सौरमानको पात्रो अनुसार साउने संक्रान्तिदेखि मासान्तसम्म पर्ने सोमबार व्रत लिने गरिन्छ। सौरमानको पात्रोको विधि गर्ने भक्तजनले साउनको ५, १२, १९ र २६ गते व्रत बस्न सक्नेछन्।

तर असार ३० को शोमबारदेखी व्रत शुरु गरेकाहरूले भने सौरमासको पात्रो अब ५, १२ तथा १९ गते व्रत बस्ने गर्दछन्। यी दुवै प्रकारका व्रत प्रचलनमा छ तर चान्द्रमानको पात्रोको तिथि अनुसार गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमबार व्रत लिन उपयुक्त हुने धर्मशास्त्री प्रा.डा देवमणि भट्टराई बताउनु हुन्छ।

साउनको सोमबार महिला या पुरुष दुबैले बस्ने गर्दछन् । साउन महिनाको शोमबार यस ब्रत बसी भगवान शिवको पुजा आरधना गर्न सके दाम्पत्य जीवन सुखमय रहन्छ भन्ने धार्मिक विस्वास छ । शोमबारको ब्रतमा विशेष गरी भगवान् शिव र पार्वतीको पूजा गर्ने र व्रत बस्ने सनातन धर्मावलम्बीको प्रचलन छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस