आज: २०८२ माघ ८, बिहिबार | Thu, 22, Jan, 2026

देशभर ६ राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ श्रावण ५, सोमबार मा प्रकाशित ( ६ महिना अघि) ६०४६ पटक पढिएको
नारी बाटिका


काठमाडौं ५ साउन ।

केही दिनदेखीको अविरल वर्षापछिको बाढी र पहिरोले देशका ६ मुख्य राजमार्गहरु पूर्णरूपमा अवरुद्ध भएका छन्। साथै ५ सडक खण्ड भने एकतर्फी सञ्चालनमा छन् ।

नेपाल प्रहरीले आज (शोमबार) बिहान सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार संखुवासभाको कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग, तमोर–कोरिडोर, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग, र रुकुम पश्चिमको भेरी करिडोर सडक अवरुद्ध भएका छन् ।

यसका साथै देशका विभिन्न राजमार्गस्थितका पाँचवटा सडक खण्डहरू एकतर्फी रुपमा सञ्चालनमा रहेको नेपाल प्रहरीद्वारा जारी सुचना मार्फत जनाईएको छ। तर प्रहरी र सम्बन्धित निकायद्वारा सडक सुचारु गर्ने प्रयास जारी रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस