
नारी वाटिका संवाददाता
काठमाडौँ -६ साउन ।
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रुपमा रहेको छ ।
मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानमा र पूर्वमा केही दक्षिणतर्फ रहँदा मधेस, बागमती लगायतका पहाडी भूभागमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जस अनुसार मंगलबार दिउँसो र राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ भने यी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेकोले ति क्षेत्रमा सतर्क रहन महाशाखाले आग्रह गरेको छ।












प्रतिक्रिया दिनुहोस