आज:  | Wed, 23, Jul, 2025

धादिङ अस्पताल व्यवस्थापन समितीको बैठकमा बोर्ड सदस्यलाई बस्न दिइएन

८ श्रावण २०८२, बुधबार ०७:०३ मा प्रकाशित ( १२ घण्टा अघि) ३२२५ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता
धादिङ- ७ साउन ।
धादिङ अस्पताल व्यवस्थापन बोर्ड बैठकमा समितीका अध्यक्ष राधिका सापकोटाले स्थानीय नगरपालिकाले तोकी पठाएको जनप्रतिनिधि सदस्यलाईा बस्न नदिएर बोर्डका सदस्य एवं निर्बाचित जनप्रतिनिधि प्रकाश श्रेष्ठ बाहिरिनु भएको छ ।

मंगलबार बसेको अस्पताल व्यवस्थापन समितिको बोर्ड बैठकमा अध्यक्ष सापकोटाले निर्वाचित जनप्रतिनिधि वडाध्यक्ष समेत रहेका श्रेष्ठलाई तपाईँ यस समितिको ‘वैधानिक सदस्य हैन त्यसैले बैठकमा बस्न पाउनु हुन्न’ भनेपछी सदस्य श्रेष्ठ बैठकबाट बाहिरिनु भएको हो ।साथै सो घटनापछी बैठक विवादित बनेको थियो।

बैठकमा स्वास्थ्य संस्था रहेर्को  स्थानीय तहबाट प्रतिनिधित्व गर्दै आएका निर्वाचित जनप्रतिनिधि नीलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष तथा प्रवक्ता प्रकाश कुमार श्रेष्ठलाई धादिङ अस्पतालका अध्यक्ष राधिका सापकोटाले “अधिकारिक सदस्य होइन तपाईँ” भन्ने जस्ता अपमानित जनक अभिव्यक्तिपछि बैठक बहिष्कार गरी बाहिरिएको  श्रेष्ठले नारी संन्चारलाई जानकारी दिनु भयो।

अध्यक्ष श्रेष्ठका अनुसार आफू प्रदेश स्वास्थ्य ऐन २०८१ को परिक्षेद ४(क को दफा २६ उपदफा २(ख) अनुसार पालिकाबाट नियुक्त भएर विगत तीन वर्षदेखि अस्पताल व्यवस्थापन समितिमा सहभागी रही वेथेति र  मनपरी ढंगले  चलेको धादिङ अस्पताल व्यवस्थापनलाई नागरिक मुखी र  जनताको स्वास्थ्य सेवामा जिम्नाम बनाउउनु पर्छ भन्नेमा जोड दिँदै आएका थिए।

तर विगतदेखी चरम लापरबाही र शक्तिको दुरुपयोग हुंदै आएको धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्षले उक्त बैठकमा उनलाई “अधिकारिक सदस्य नभएको” दाबी गर्दै बैठकमा सहभागि नगराउने आपत्तिजनक अभिव्यक्ती दिएपछि बोर्डका सदस्य श्रेष्ठ बैठकबाट बाहिरिएका हुन्।

यसअधि आफु विगत ३ बर्ष देखि प्रदेश स्वास्थ्य ऐन अनुसार पालिकाबाट प्रतिनिधित्व हुंद आएको सदस्यको औपचारिक सहभागितालाई स्वीकार गर्नु र आज आएर बैठक सदस्य नै नभएको भन्ने अभिव्यत्ति प्रति स्थानीय सरकारको प्रतिनिधित्वमाथिको अवमूल्यन होइन र ? भन्ने बोर्डका सदस्य श्रेष्ठको प्रश्न रहेको छ ।

अस्पताल व्यावस्थापनले बैठ्कमा सहभागीताको लागि औपचारिक पत्र आएपछि गएको भन्दै यदि वैधानिक सदस्य नै होइनन् भने विगतमा अस्पताल प्रशासनले मेरो नाममा पत्राचार किन गरेको हो भन्ने उहाँको धारणा छ ।

अस्पताल व्यवस्थापन समितिको सदस्यको हैसियतले आफूले उठाउँदै आएको सुधारका मुद्दालाई व्यवस्थापन समितिले गम्भीर रूपमा नलिएको आरोप लगाउँदै उनले बाँकी विषयवस्तुहरू सार्वजनिक गर्ने चेतावनी पनि दिएका छन्

त्यसपछी बैठ्कमा विवाद भर्ई धादिङ जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी र अस्पताल व्यावस्थापन समितिका अन्य सदस्यहरु समेत बैठ्क छोडि बाहिरिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%

प्रतिक्रिया दिनुहोस