आज:  | Wed, 23, Jul, 2025

आजको मौसम : बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

८ श्रावण २०८२, बुधबार ०७:१४ मा प्रकाशित ( १२ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता

काठमाडौँ ७ साउन ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको अवस्था छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।
मौसम पूर्वानुमान महाशाखाका अनुासर यस प्रभावले हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ।

अहिले विहानीको समयसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। साथै आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ।

कोशी, बागमती र गण्डकी लगायत देशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज (वुधबार)राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले महाशाखाले सतर्कता अपनाउनसमेत सुझाव दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस