
नारी बाटिका
नारी संन्चार संवाददाता
काठमाडौँ ७ साउन ।
मधेश प्रदेशका आठ वटै जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा छन् ।
बुधबार बसेको मन्त्रिपरिषद्बको बैठकले गृह मन्त्रालयको प्रस्तावमा मधेशका पर्सा, बारा, रौतहट, सर्लाही, सिरहा, महोत्तरी, सप्तरी र धनुषा फिटिक्कै वर्षा नभएपछी सुक्खा लागेर जमिन नै चिरा पर्न थालेपछी संकटग्रस्त क्षेत्र घोषणा गएिको हो ।
मधेश प्रदेशका अधिकाँश जिल्लाहरुमा वर्षा नभएका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुकी सर्वसाधारणले उपभोग गर्ने खानेपानीको समेत चरम अभाव भई नदी तथा कुलोहरुमा पानी नभएकाले सिँचाईँमा प्रभाव परेको छ ।
पछिल्लो समयमा तराईका जिल्लामा भएको पानीको चरम अभावले संकटग्रस्त क्षेत्र घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।
यसका लागी प्रदेश सरकारले मंगलबार संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुसार मधेशका जिल्लाहरूमा तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । यो सूचना राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ ।
गृह मन्त्रालयको राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश भट्टले मधेशका ८ जिल्लामा खानेपानी तथा कृषिका लागि पानीको चरम संकट उत्पन्न भएपछि त्यो समस्या समाधानका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएकोले यस जिल्लाका लागि विशेष कार्यक्रमहरू चलाइने बताइएको छ ।
,खानेपानीको समस्या चुलिँदै गएकाले खानेपानी आपुर्ति गर्न ट्यांकरको प्रयोगले सामान्य रूपमा हुँदै आएको छ, त्यसलाई बढाउँछौँ उहाँको भनाई छ। डिप बोरिङ गर्नुपर्ने स्थानहरूमा त्यो पनि गर्छौं र खानेपानीका अहिले संरचना रहेका, तर प्रयोगमा नआएका संरचनाको पनि प्रयोग गर्छौं ।’
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १४ को उपदफा २ (द) मा विपद् प्रभावित क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने अवस्था रहेमा नेपाल सरकारसमक्ष सिफारिस गर्ने व्यवस्था छ । मधेशका जिल्लाहरूमा खानेपानी तथा सिचाइँका लागि समस्या भएको भन्दै संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने माग त्यस क्षेत्रका सांसदहरूले संसद्मा पनि राखेका थिए ।







प्रतिक्रिया दिनुहोस