आज: २०८२ श्रावण १०, शनिबार | Sat, 26, Jul, 2025

प्रधानमन्त्री वलीद्वारा तराई–मधेसस्थित सुख्खा क्षेत्रको अवलोकन

२०८२ श्रावण ९, शुक्रबार मा प्रकाशित ( २३ घण्टा अघि) ९३१ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता
महोत्तरी -९ साउन।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज तराई–मधेसस्थितमा भएको सुख्खाग्रस्त क्षेत्रमा अवलोकन गर्नु भएको छ।

साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेस–प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणाको निर्णय गरेसंगै प्रधानमन्त्री वलीले सो क्षेत्रको वास्तविक अवस्थाको पहिचान गर्नका निमित्त अवलोकन गर्नु भएको हो ।

पछिल्लो समयमा प्रदेशका कुनै क्षेत्रमा अविरल वर्षाले बाढी पहिरोको जोखिम बढीरहेको अवस्था छ । तर मधेश प्रदेशका ८ जिल्लामा भने वर्षा नभएकै कारण सुख्खा लागेर जमिन चिरा पर्नुको साथै खेत रोप्नका लागी उमारिएका रोपो समेत सुकेर समस्याग्रस्त भएको थियो ।

हालको मध्य वर्षाथाममा पनि पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेको बताईएको छ ।

यसै सिलसिलामा सुक्रबार तराईको सुख्खा क्षेत्रको अवलोकनको क्रममा प्रधानमन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुने भएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस