आज: २०८२ श्रावण १०, शनिबार | Sat, 26, Jul, 2025

चार मन्त्रीले राजीनामा दिए,मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिँदै

२०८२ श्रावण ९, शुक्रबार मा प्रकाशित ( २0 घण्टा अघि) १५८२ पटक पढिएको
नारी बाटिका


नारी संन्चार संवाददाता

हेटौंडा -९ साउन ।

बागमती प्रदेशमा विवादपछी  चार मन्त्रीहरूले राजीनामा दिएका छन्। आफ्नै पार्टीका मुख्य मन्त्रीको अविस्वासको प्रस्ताव पारित गर्न काँग्रेसकै चारजना मन्त्रीहरुले पदबाट राजिनामा दिएका हुन् ।

राजीनामा दिनेमा युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले आजै राजीनामा दिए।

केही दिनअघि बागमती प्रदेश सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२। ०८३ को बजेटलाई लिएर विवाद उत्पन्न भएपछि पार्टीभित्रका कांग्रेसकै मन्त्रीहरू असन्तुष्टि बनकाले। उनीहरूले मुख्यमन्त्री बहादुर सिंह लामा र अर्थमन्त्री कुन्दनराज काफ्लेले आफ्नो क्षेत्र निकट बजेट खन्याएको आरोप लगाउँदै आएका थिए।

राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटर यो समस्या राखेका थिए। महर्जनले भने प्रदेश सरकारको एक वर्ष असफल भइसकेको बताएका छन् ।

उनी लगायतका मन्त्रीहरुले अर्थमन्त्री काफ्लेले बजेट निर्माणको क्रममा लापरबाही गरेको आरोप लगाउँदै आएका छन्। ‘बजेट विवादको विषय यहाँहरूलाई थाहा नै छ। यस्तो असफल सरकारमा बस्नुभन्दा राजीनामा दिएकै बेस भनेर चारैजना मिलेर राजीनामा दिएका हौँ’, मन्त्री महर्जनले भने , ‘अब हामी मुख्यमन्त्री विरुद्धपनि अविश्वासको प्रस्ताव दर्ता गर्दैछौँ।

बागमती प्रदेश सरकारमा ३७ जना नेपाली कांग्रेसका सांसद रहेकामध्य २४ जना सांसदहरूले संसदीय दलमा हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा रहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस