आज: २०८२ श्रावण १०, शनिबार | Sat, 26, Jul, 2025

कोशी प्रदेशमा ‘१८ हजारभन्दा बढी गाईभैँसीहरु लम्पी स्किन’रोगबाट सङ्क्रमित

२०८२ श्रावण १०, शनिबार मा प्रकाशित ( ११ घण्टा अघि) १५५१ पटक पढिएको
नारी बाटिका


झापा -९ साउन ।

कोशी प्रदेशका १० जिल्लामा गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’रोगबाट यस वर्षमा पनि १८ हजारभन्दा बढी गाईभैँसी सङ्क्रमित भएका छन्। सक्रमित भएकामध्ये ४२० मरिसकेका पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ।

निर्देशनालयका अनुसार झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, ताप्लेजुङ, पाँचथर, भोजपुर र खोटाङ जिल्लामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण तीव्र रूपमा फैलिएको हो। कोशी प्रदेशका सबैभन्दा बढी झापामा १३ हजार ११८ वटा गाईभैँसीमा ‘लम्पी स्किन’ सङ्क्रमण भएको जनाएको छ।

यस्तै मोरङमा एक हजार ९५८, इलाममा एक हजार ६६५, सुनसरीमा एक हजार १००, उदयपुरमा ५०१, खोटाङमा ३५५, भोजपुरमा ७३, ताप्लेजुङमा ४५, धनकुटामा ३३ र पाँचथरमा १० वटा पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यस रोगबाट कोशी प्रदेशमा दश जिल्लाका १८ हजार ७४५ गाईगोरु र १७६ वटा भैँसीराँगामा रोगको सङ्क्रमण देखिएको छ। रोग नियन्त्रणका लागि प्रभावित जिल्लाका दुई लाख ९३ हजार २२३ गाईगोरु र राँगाभैँसीमा ‘लम्पी स्किन’ विरुद्धको निःशुल्क खोप लगाइएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ।

गर्मी बढेसँगै ‘लम्पी स्किन’ रोगको सङ्क्रमण फैलिरहेको हो । ‘यो रोग लामखुट्टे, भुसुना, झिँगा, किर्ना आदिको टोकाइबाट फैलिन्छ’,यो रोग लागेका गाईगोरुहरुमा उच्च ज्वरो आउने, शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीमा घाउ भएर पिप र रगत बग्ने समस्या देखिन्छ । विशेषगरी यस रोगबाट सङ्क्रमित भएका पशुहरु मर्ने गरेका चिकित्सकहरु बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस