
काठमाडौं १० साउन ।
सप्तरीमा शनिबार सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान्(श्रीमतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–२ पौवाँ घर भएका ४५ वर्षीय बालेश्वर खंग मण्डल र ४२ वर्षीया उनकी श्रीमती रामकुमारी खंग दुवै जनाको विद्युत्बाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको हो ।
उनीहरुले आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमान्लाई करेन्ट लागेको र श्रीमान् कराउन थालेपछी उनलाई छुटाउन जाँदा श्रीमतीलाई पनि करेन्ट लागेको थियो । सोही क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिनु भयो ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस