आज: २०८२ आश्विन १, बुधबार | Wed, 17, Sep, 2025

नेपालगन्जमा युवकद्वारा प्रेमिकाको हत्या

२०८२ श्रावण १०, शनिबार मा प्रकाशित ( १ महिना अघि) २६६७ पटक पढिएको
नारी बाटिका


बाँके- १० साउन ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ मा एक युवकले आफ्नै प्रेमिकाको हत्या गरेका छन्। नेपालगन्जको बेलासपुर घर भएका ३३ वर्षीय प्रकाश सुनारले १९ वर्षीया निर्मला थापाको हत्या गरेका हुन् ।

केही वर्षदेखि उनीहरू सँगै बस्दै आएका थिए। प्रहरीका अनुसार प्रकाशले निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरेका थिए र घटनापछि फरार भएका थिए।
हत्या भएको एक दिनपछि मृतकका परिवारलाई फोनमार्फत जानकारी दिएपछि प्रहरी मार्फत धम्बोझी नजिकैबाट प्रकाशलाई नियन्त्रणमा लिइएको हो।

प्रकाशले हत्या गरिएकी निर्मला उनको कान्छी श्रीमती भएको बताएका छन्। हाल घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।निर्मला नेपालगन्जस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा काम गर्दै आएकी थिइन् भने प्रकाश स्वस्तिक कटेजमा काम गर्ने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस