
नारी बाटिका
धादिङ -१० साउन ।
धादिङ जिल्लामा हालसम्म ६० प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ ।
सामान्यतय असार साउनको समयमा पर्याप्त वर्षा हुने समय हो । तर साउनको दोस्रो सातासम्ममा पनि आवश्यक पानी नपर्दा जिल्लाको पहाडी क्षेत्रका धेरैजसो टारीखेत अझै बाँझै राख्नु पर्ने अवस्थाले किसाहरु चिन्तामा परेका छन् ।
कृषि ज्ञान केन्द्र धादिङका अनुसार साउनको दोस्रो साता सुरु भइसक्दा पनि पर्याप्त वर्षा नहुँदा धेरै स्थानमा रोपाइँ हुन सकेको छैन । यस समय भनेको किसानीको रोपाइँको मुख्य सिजन भएपनि वर्षा हुन नसक्दा खेत जोत्न र धान रोप्न कठिन भएको अवस्था छ ।
किसानहरुले मध्य साउनमा पनि खेतमा पानी नभएपछि यो वर्षको उत्पादनमा असर पर्ने चिन्ता व्यक्त गरिरहेका छन् । विशेषगरी जिल्लाको उत्तरी भेग नेत्रावती, रुबी भ्याली, बेनिघाट र गंगाजमुना लगायतका क्षेत्रमा फाटफुट बाहेक खेत रोप्नका लागी वर्षा नभए कै कारण रोपाइँ गर्न समस्या भएको पाइएकोछ ।
कृषि शाखा प्रमुखहरुले समयमै वर्षा नभए कृषकले वैकल्पिक खेती वा कम पानीमा फल्ने बालीमा ध्यान दिनुपर्ने अवस्था आउन सक्ने सुझाव दिएका छन् ।








प्रतिक्रिया दिनुहोस