आज: २०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

आजको मौसम , केही प्रदेशमा भारी वर्षाको सम्भावना

२०८२ श्रावण ११, आईतबार मा प्रकाशित ( ९ महिना अघि) ४८०६ पटक पढिएको
नारी बाटिका


काठमाडौं- ११ साउन ।

आज देशभर सामान्यतया मौसम बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशका देशका विभिन्न भू(भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

आईतबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। जस अनुसार पहाडी भू(भागका केही स्थानहरूमा तथा तराई भू(भागका थोरै स्थानमा मेघगर्जन रचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना पनि छ। साथै, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी आज राति देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागका केही स्थानमा तथा बाँकी तराई भू(भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

यस्तै आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशभर मनसुनी वायुको प्रभाव हाल कमजोर रहेको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस