
नारी बाटिका
रसुवा- १२ साउन ।
पवित्र तीर्थस्थल गोसाईंकुण्डमा डुबुल्की मार्ने क्रममा २ जना तीर्थयात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीका अनुसार मोरङ बेलबारि नगरपालिका ४ घर भएका वर्ष २८ का मनोज न्यौपाने र विराटनगर महानगर पालिका ३ का वर्ष २६ का सुरज ढकाल ११ गते गोसाईंकुण्ड पुगि करिव ४ वजेको समयमा डुबुल्की मारेर नुहाउने क्रममा मृत्यु भएको हो ।
साउन १० गते शनिवार गोसाईंकुण्ड जान आएका उनीहरु डुबुल्की मार्ने क्रममा मृत्यु भएका थिए । कुण्ड गहिरो र वर्खाको समयमा पानिको वहाव बढ्ने हुँदा उनीहरु गहिरो ठाउँमा नुहाउन पसेका कारण डुबेको हुन सक्ने अनुमान गरिएको प्रनाउ शाहीले वताउनु भयो ।
कुण्डमा मानिस डुवेर हराए भन्ने प्रहरीमा खबर पाउने बित्तिकै नेपाली सेनाको उद्धार टोली आइतबार साँझ नै घटनास्थल तर्फ परिचालन गरिएको थियो ।
आज विहान बाट उद्धार कार्य सुरु गरिएको थियो,अविरल वर्षाका कारण डुबेको शव निकाल्न कठिन अवस्थामा पनि १० वजे दुबैको शव कुण्डवाट निकालिएको थियो ।
जनैपूणिर्माको अवसरमा गोसाईंकुण्ड मेला तथा तिर्थयात्रिहरूको भिड हुने र कुण्डमा स्नान गर्दा एकले अर्कालाई हात समातेर डुबुल्की मार्न अनुरोध गर्दै पौडि खेल्ने वा तालमा एक्लै डुबुल्की नमार्न सबैलाई आग्रह गरिएको रसुवा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा साहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले बताउनु भयो ।








प्रतिक्रिया दिनुहोस